काठमाडौं, २९ माघ–पछिल्लो २४ घन्टामा नेपालमा ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ६५४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर विधिबाट चार हजार २६० र एन्टिजेन विधिबाट दुई हजार ३९४ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ४९१ र ३४५ संक्रमित भेटिएका हुन्।

सो अवधिमा कोरोना संक्रमित चारजनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। त्यस्तै, एक हजार ८२६ जना निको भएका र शनिबार दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *