काठमाडौं, २९ माघ–पछिल्लो २४ घन्टामा देशभर ८ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ६ हजार ६५४ जनामा गरिएको परीक्षणमा ८ सय ३६ जना संक्रमित थपिएका हुन्। सोही अवधिमा चार जना संक्रमितको मृत्यु भएको छ।
यस अवधिमा एक हजार ८२६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।
