दमक, २९ माघ–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्चले शनिबार झापाको शिबसताक्षीमा प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ ।
शिबसताक्षी–११ झिलझिलेस्थित किराँत राई यायोक्खाको भवनमा आयोजित प्रथम शिबसताक्षी सम्मेलनबाट बिचारी लावतीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व भएको छ । शिबसताक्षी–१ धरमपुरका लावती पहिचानको आन्दोलन र मुद्धामा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।
आयोजक समितिका अध्यक्ष प्रकाश लिङदेनको अध्यक्षता र मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा शिबसताक्षीमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । नगर समितिको उपाध्यक्षमा पाँच जना चयन भएका छन् ।
उपाध्यक्षहरुमा अमर योङहाङ, शिब शेर्मा, सोमबहादुर राई (बादल), रोहन थेगिम र सनम खेवा छन् । त्यस्तैं, समितिको सचिवद्धयमा दुर्गा बहादुर चेम्जोङ र सुरज सम्बाहाम्फे छन् ।
त्यस्तैं, समितिको अर्थ सचिवमा मनिता लिम्बू छन् भने सचिवालय सदस्यहरुमा मोतिखर भण्डारी, रामकुमारी लामा, सोनिका राई, सुविन चेम्जोङ, मनकुमार तुम्बापो, दिरानी राजवंशी छन् । त्यसैगरी, समितिको नगर सदस्यहरुमा कुमार दर्नाल, कविता लिङदेन, जानुका योङहाङ छन् ।
सम्मेलनमा लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश १ का सचिव भगिरथ तुम्सा, संघीय सचिवालय सदस्य भीमबहादुर सुनुवार, लिम्बूवान प्रान्तीय मञ्चका महासचिव एबम पत्रकार दिलकुमार लावती, प्रान्तीय सचिव भक्त मेन्याङबो, जिल्ला अध्यक्ष नरेन राई लगायतका अगुवा नेताहरुले नवगठित समितिका पदाधिकारी र सदस्यहरुलाई कार्याकालको शुभकामना सहित बधाई ब्यक्त गरेका थिए ।

