काठमाडौं, १ फागुन–पछिल्लो २४ घण्टामा देशभर ५२१ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार ११५ वटा नमुनामा परीक्षण गर्दा ५२१ नमुनामा संक्रमण पुष्टि भएको हो ।

आज ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ मा झरेको छ ।

आज १० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *