काठमाडौं, १ फागुन–नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे पार्टीमा छलफल नभएको बताएका छन् ।
आइतबार साँझ सानेपामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रवक्ता महतले जबरामाथि महाअभियोग लगाउनेबारे पार्टीभित्रै खासै छलफल नभएको बताएका हुन् ।
उनले सांसदहरूले आफूले पाएका अधिकार उपयोग गरेर महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको बताए ।
तर, न्यायालय चल्न नसक्ने अवस्थामा पुगेकाले जबरामाथिको महाअभियोग प्रस्ताव आवश्यक रहेको उनले बताए ।
आज सत्ता गठबन्धनका ९८ जना सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेका छन् ।
