धरमपुर, १ फागुन–झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन ।

हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना समबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *