दमक, १ फागुन–राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेकपा (एकीकृत समाजवादी) सम्बद्ध भातृसंघ-संगठनहरुले आज देशभर बिरोध प्रदर्शन गरेका छन् । यसैबीच, आइतबार, झापाको बिर्तामोडमा एकीकृत समाजवादीसम्बद्ध भातृ संघ-संगठनहरुले एमसीसी बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।
बिर्तामोडस्थित मुक्ति चौकमा आयोजित कोणसभामा पुराना बामपन्थी नेता तथा प्रगतीशिल साहित्यकार पुष्यप्रसाद खरेल, युवा संघ नेपालका केन्द्रीय सचिव प्रत्युष राना, अनेमसंघ झापाका अध्यक्ष हरिमाया मैनाली, अनेरास्ववियूका केन्द्रीय सदस्य युसन लामिछाने लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज निलमणी बराल, केन्द्रीय सदस्य पुष्पराज पोख्रेल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, सचिव मणी भण्डारी, समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देल, एकीकृत समाजवादी झापाका सदस्य तथा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य, सोमनाथ गुरागाई, युवा संघका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल, खगेन्द्र बाराकोटी, अनेरास्ववियूका केन्द्रीय सदस्य तथा अखिल फोर्सका केन्द्रीय उपाध्यक्ष रोशन भण्डारी, नेपाल खेलकुदर महासंघ समाजवादीका प्रदेश अध्यक्ष शंकर थापा, धर्मराज शिवाकोटी, पार्टी दमक नगर अध्यक्ष महेश घिमिरे, बिर्तामाड अध्यक्ष श्री सिटौला, अर्जुनधारा अध्यक्ष अर्जुन मेचे, शिबसताक्षी अध्यक्ष नबिन इजम, अग्रज पत्रकार लीला बराल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोडस्थित पार्टी कार्यालयबाट एससीसी बिरुद्ध बिरोध प्रदर्शन सुरु गरिएको थियो । सयौको संख्यामा सहभागि प्रदर्शनले बिर्तामोडको मुख्य चौक परिक्रमा गरेर मुक्ति चौकमा कोणसभा आयोजना गरेको थियो ।
प्रदर्शनको क्रममा बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानरसहित ‘एससीसी खारेज गरौं’, ‘गो ब्याक एससीसी’, ‘बैदेशिक हस्तक्षेप मुर्दाबाद’, ‘एससीसी चाहिदैन’, ‘राष्ट्रिय स्वाभिमान रक्षा गरौं’ लगायतका नाराहरु लगाएका थिए ।
प्रदर्शनको क्रममा पूर्वपश्चिम राजमार्गसहित भद्रपुर रोड र शनिश्चरे रोडमा सवारी अवागमनमा समस्या समेत उत्पन्न भएको थियो ।
फोटो फिचरः अनिलदेब राई





