काठमाडौं, २ फागुन–नेकपा (एमाले) का सांसदले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘बोकेर’ चुनावमा जान नहुने बताएका छन् ।

आजको संसदीय दलको बैठकमा आफूले चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जाँदा ‘ब्लन्डर’ हुने धारणा राखको सांसद घनश्याम भुसालले बताए ।

“चोलेन्द्रलाई बोकेर, एमसीसीलाई बोकेर चुनावमा गएपछि पार्टीको के हुन्छ रु त्यो भयंकर ब्लन्डर हुन्छ । त्यो नगरौँ,” उनले सञ्चारकर्मीसँग भने ।

अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले परिस्थिति अप्ठ्यारो भएकाले सोचेर निर्णय गर्ने बैठकमा बताएको उनको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *