झिलझिले, २ फागुन–जबरजस्ती करणी गरेको आरोपमा झापाको शिवसताक्षीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका १० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् ।
निकेशले २४ वर्षीया ती महिलालाई शिवसताक्षी – ९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
