काठमाडौँ, २ फागुन–नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी राष्ट्रिय स्वाधीनताविपरीत भएको दाबी गरेका छन् ।

एमाले संसदीय दलको बैठकमा एमसिसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित रूपमा पेश गरेर एमसिसीबारे स्पष्ट धारणा माग गरेका हुन् ।

नेता रावलले अध्यक्ष ओलीलाई पेश गरेको पत्रमा भनिएको छ, ‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ ।’

एमसिसीको विषयमा आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेको उनको भनाइ छ । ‘गम्भीर र संवेदनशील विषयमा नेपाल एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ’ नेता भनेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *