डिकेन्द्र बस्नेत/झापा, ३ फागुन–आमूल परिवर्तन मसिह पार्टीका प्रदेश नं १ का संयोजक मन खुदाङले सामाजिक सञ्जाल फेसबुकमा सि.बि गहतराजले ख्रिष्टियन महासंघको भर्याङ बनाई राजनीति पार्टी खोलेको अभिव्यक्ति राख्नु भएको छ।

खुदाङले लेख्नुभएको छ ञपार्टी जन्मिन पाएको छैन गुण्डा गर्दी शैलिको अभिव्यक्ति जनताले पचाउदैन गहतराज जी।झ गाउँ-गाउँबाट कसलाई कसले लखेटछ, समयले बताउँछ ।

ख्रिष्टियन महासंघको ब्यानरमा सिधा-साधा मानिसलाई आँखामा छारो हालेर त्यहि महासंघलाई भर्याङ बनाएर राजनीति पार्टी खोल्ने अनि अनि ठुलो कुरा १

साच्चिकै रास्ट्र र रास्ट्रियताको सेवा गर्ने हो भने ईश्वरको डरभयमा रहेर अघि बढन सुझाव दिनुभएको छ। हामी पनि रास्ट्र र रास्ट्रियताको सेवा गर्न शिरमा कपन कसेर निस्केका छौ हेक्का रहन खुदाङले सुझाउनु भएको छ।

स्मरण रहोस् सि वि गहतराज सामाजिक एकता पार्टीको अध्यक्ष हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *