दमक, ३ फागुन–झापाको दमकमा रहेका दुईवटा सहकारी संस्थाहरु सोमबारदेखि औपचारिक रुपमा एकीकरण भएको घोषणा गरिएको छ । दमक–५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर ६ मा रहेको सामुदायिक सहकारी बचत तथा ऋण कोषबीच एकीकरण भएको हो ।

दुई सहकारीको एकीकरण पछि संस्थाको नाम परिवर्तन गरी डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनाइएको छ भने डाँफेको सञ्चालक समितिमा सामुदायिकबाट दुई जना सदस्य थप गरी १३ सदस्यीय बनाइएको छ ।

एकीकरण घोषण साधारणसभाका अध्यक्ष तुलाराम न्यौपानेले २०७८ माघ मसान्तको दुईवटै संस्थाको कारोबार विवरण तथा संयुक्त विवरण सावजनिक गरेका थिए । उनले डाँफे सामुदायिक साकोसको एकीकृत कूल सेयर पूँजी ७ करोड ३९ लाख ५८ हजार रहेको जनाए ।

एकीकरण पछि डाँफे सामुदायिक साकोसको वासलात ७१ करोड ११ लख २२ हजार ३५३ रुपैयाँ पुर्याइएको अध्यक्ष न्यौपानेले जनाए । अब संस्थाको कोष ६ करोड २५ लाख ९० हजार ८२५ रुपैयाँ र निक्षेप हिसाब ५४ करोड ५६ लाख ३३ हजार ४७३ रुपैयाँ पुगेको अध्यक्ष न्यौपानेले घोषणा गरे ।

डाँफे सामुदायिक सहरकारीमा अब ६ हजार ९९२ सेयर सदस्य पुगेका छन् । संस्थाले सदस्यमाझ ६१ करोड ६१ लाख १४ हजार ६२७ रुपैयाँ कर्जा लगानी गरेको छ भने १ करोड १० लाख ५५ हजार ६०० रुपैयाँ विभिन्न सहकारी संघ र बैंकमा लगानी गरिएको जनाइएको छ ।

एकीकरण घोषणा सभामा सामुदायिक सहकारी साकोसका अध्यक्ष विजय बरालले सरकारको अपेक्षाअनुसार आफूहरुले सहकारी एकीकरण गरेको बताए । उनले दुवै सहकारीले एक अर्का सहकारी बीचका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न भूमिकामा जिम्मेवारी तोकिने सहमति गरिएको पनि जानकारी दिए ।

एकीकरण घोषण साधारण सभाका प्रमुख अतिथि झापा जिल्ला सहरकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालले प्रकृति र कारोबार मिल्ने सहकारी संस्थाहरुबीचको एकीकरणलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सहकारीले सरकारी नीति अनुसार न्यूनतम सेयर पूँजी ५ करोड रुपैयाँ तोकेकाले अब सबै सहकारीले यसलाई पछ्याउनुपर्ने बाध्यता रहेको पनि औंल्याएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *