काठमाडौं, ४ फागुन–विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
विभिन्न राजनीतिक दलले फागुन ४ गते अर्थात् आज नेपाल बन्दको आह्वान गरेका छन् । उक्त बन्दको होहल्ला लागू नगराउन र कानुन विपरितका गतिविधिहरु रोक्न प्रहरी प्रशासनलाई पनि आग्रह गरेको छ ।
आज बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाएका छन् । बन्दको हल्लासँगै लामो दूरीका गाडी कम मात्रामा गुडेको र केहि विद्यालयहरुले बिहानी कक्षा बन्द बन्द गरेको प्रशासनले जनाएको छ ।
