दमक, ५ फागुन–झापाको शिबसताक्षी-६ शिबगञ्जस्थित वडा कार्यालयले आयोजना गरेको लोकसेवा तयारी कक्षाको आज एक कार्यक्रमबीच समापन गरिएको छ । वडा कार्यालयले आफ्ना वडाभित्रका शिक्षित युवाहरुलाई प्राविधिक ज्ञान र बिषयगत सहजिकरण गर्न लोकसेवा तयारी कक्षाको आयोजना गरेको हो ।
वडा कार्यालयको आर्थिक बर्ष २०७८/०७९ तर्फ बिकास योजना अन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको वडाअध्यक्ष एबम् नेपाली कांग्रेस शिबसताक्षी नगरका युवा नेता मनोज खुलाल कार्कीले जानकारी दिनुभयो । शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिएको हो । पुष २० गतेबाट कक्षा सूरु भएको हो ।
वडाध्यक्ष समेत रहनुभएका कांग्रेस नेता कार्कीले वडाभित्र बसोबास गर्नुहुने पढेलेखेका शिक्षित युवाहरुको चाहाना र उनीहरुको क्षमतालाई बृद्धि बिकास गर्न लोकसेवा तयारी कक्षा सुरु गरिएको बताउनुभयो । वहाँका अनुसार गतबर्षबाट सुरु भएको तयारी कक्षालाई यसवर्ष पनि निरन्तरता दिइएको हो ।
आज सम्पन्न लोकसेवा तयारी कक्षाको समापन समारोहमा वडा अध्यक्ष तथा काँग्रेस नेता कार्कीले सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो । वहाँले १ महिना १४ दिनभित्र पाएका र सिकेको ज्ञानलाई आगामी जीवनमा व्यवहारमा प्रयोग गरेर नतिजा देखाउन समेत आग्रह गर्नुभयो । सो समारोहका प्रमुख अतिथि समेत रहनुभएका नेता कार्कीले वडाभित्र बसोबास गर्ने प्रमाणपत्रधारी शिक्षित जमातका युवाहरुको भबिश्यलाई साकार बनाउन लोकसेवा तयारी कक्षाको आयोजना गरिएको बताउनुभयो ।
वडा अध्यक्ष कार्कीले जिल्लाकै पहिलो पटक लोकसेवा तयारी कक्षाको आयोजना शिबसताक्षी–६ शिबगञ्जमा भएको दाबी समेत गर्नुभयो । गतवर्षदेखि सुरु भएको लोकसेवा तयारी कक्षालाई यसवर्ष पनि निरन्तरता दिइएको हो, अध्यक्ष कार्कीले भने–”शिक्षित युवाहरुको जमात दिनानुदिन बढ्दो छ । उनीहरुको माग, आवश्यकता र चाहानालाई पुरा गर्न गत वर्षदेखि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।”
लोकसेवा तयरी कक्षा समुद्घाटन कार्यक्रममा शिबगञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक एबम् कानून व्यवसायी पदम थापा, सञ्जय राई, वडा सदस्य लक्ष्मी गुरागाई, बद्री खनाल र सहभागि विद्यार्थीको तर्फबाट विश्व बिक्रम दाहाल र सन्तु कर्णले मन्तव्य राख्नुभएको थियो ।
सहभागि विद्यार्थीको तर्फबाट दाहाल र कर्णले लोकसेवा तयारी कक्षा गाउँमा आउँदा आर्थिक र मानसिक तवरले धेरै फाइदा पुग्ने भएकोले वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सो तयारी कक्षामा एसएलसी उर्तिणदेखि प्सटु र डिप्लोमा तहका विद्यार्थीहरुको सहभागिता रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार यस कक्षा सञ्चालनका लागि वडा कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा रु २ लाख बजेट बिनियोजन गरिएको हो ।
समापन समारोहमा सहभागि प्रमुख अतिथि, अतिथी र बिद्यार्थीहरुलाई वडा कार्यालयका सचिव बिमल बास्कोटाले गर्नुभएको थियो ।
