डिकेन्द्र बस्नेत/झापा, ५ फागुन–इलामको चुलाचुली गाउँपालिका वार्ड नं ५ आँपझोलास्थित धिमाल टारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) परित्याग गर्दै ८८ जना स्थानीय नेता र कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन।

एमालेले गत सालको निर्वाचन जितेर जनताको भावना विपरित काम गरेको, समस्याको पर्दा मौन बसेको, बजेट समावेशी तवरले बाँडफाड नगरेको ।

एमालेको सरकार हुँदा भ्रष्टाचार बृद्धि भएको, प्रतिगामी कदमलाई अङ्गालेका कारण धिमाल टारका ८८ जना कार्यकताहरु एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेको कांग्रेस चुलाचुली गाउँ कार्यसमितिका सचिव बबिन वान्तावा राईले बताउनु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *