दुधे, ८ फागुन–ग्रामिण पत्रकारिताको श्रीबृद्धिका लागि झापाको शिबसताक्षीमा स्थापना गरिएको सताक्षी प्रेष क्लबले आज दुधेमा पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयको स्रोत केन्द्रमा सम्पन्न बार्षिक साधारणसभाको अवसर पारेर क्लबले पत्रकार सरोज भट्टराईलाई मनाहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

शिबसताक्षी नगरमा रहेर पत्रकारितामा महत्वपूर्ण योगदान पुरयाएवापत पत्रकार भट्टराईलाई क्लबले आफ्नो पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर नगद १० हजार १ सयसहित सम्पानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको अध्यक्ष सेलिङ केसीले जानकारी दिनुभयो । कार्यक्रममा मनाहाङ सेलिङ स्मृती पत्रकारिता पुरस्कारका संरक्षक एबम् हजुरबुबा भवानी बिक्रम सेलिङ र मनाहाङका बुबा तथा सताक्षी प्रेष क्लबका अध्यक्ष सेलिङ केसी, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशब भट्टराईले पत्रकार भट्राईलाई पुरस्कृत गर्नुभएको थियो ।

शिबसताक्षी–११ का भट्टराई बिर्तामोडबाट सञ्चालन हुने साझामञ्च डटकम र झिलझिलेबाट प्रकाशित सतासी साप्ताहिकमा आवद्ध हुनुहुन्छ । पत्रकार भट्टराई दुधे शिबगञ्ज रोडमा फोटो स्टुडियो र प्रिन्टिङ प्रेससमेत सञ्चालन गर्नुहुन्छ ।

मनाहाङ सेलिङको सडक दुर्घटनामा परेर केही बर्ष अधि झिलझिलेमा निधन भएको थियो । सताक्षी प्रेष क्लबका अध्यक्ष सेलिङ केसीका जेष्ठ सपुत्र हुन् । आफ्ना छोराको स्मृतिमा प्रेष क्लबका अध्यक्ष सेलिङ केसीले मनाहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । यसअघि, सो पुरस्कार पत्रकार अनिलदेब राई र बिनोद सापकोटीले प्राप्त गरिसक्नुभएको क्लबका उपाध्यक्ष समेत रहनुभएको समाजवादी प्रेष संगठन झापाका सहसचिव गोविन ल्वागुनले जानकारी दिनुभयो ।

यता, पुरस्कृत भट्टराईले प्राप्त गर्नुभएको नगद पुरस्कार सोही कार्यक्रमबीचमा सताक्षी प्रेष क्लबको निर्माणहुने भवनका लागि प्रदान गर्नुभएको छ । पुरस्कारवापत प्राप्त रुपैयाँमा रु ५ हजार थप गरेर रु १५ हजार १ सय भवन निर्माणमा सहयोग प्रदान गर्नुभएको हो । सो रुपैया पुरस्कृत भट्टराईले सताक्षी प्रेष क्लबका अध्यक्ष सेलिङ केसीलाई प्रदान गर्नुभएको थियो ।

पुरस्कृत पश्चात पत्रकार भट्टराईले पत्रकारिता क्षेत्रमा थप सक्रिय र उत्साहितका साथ निरन्तर काम गर्न यो पुरस्कारले जिम्मेवार थपिएको बताउनुभयो ।

प्रेष क्लबका अध्यक्ष केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा क्लबकी सदस्य योसा थेबेले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा पुरस्कृत पत्रकार भट्टराई र पुरस्कार कोषको बारेमा प्रेष क्लबका निबर्तमान अध्यक्ष छबिलला डवाडीले प्रष्ट पार्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *