कबिध्जोज राई/दमक, ७ फागुन–झापाको दमक–१, स्थित तिलुङछा चाम्लिङ राई ब्याडमिन्टन कोर्टको समुद्घाटनको अवसरमा स्व.डम्बरसिंह, पध्माशोरी-पूर्णीमा तिलुङछा स्मृति व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न अन्तिम फाइनल खेलमा मोरङ गच्छ्याका खेलाडीद्वय नविन राई र प्रताप तामाङको जोडीलाई फिदिमका दिपक आङ्देम्बे र किरण श्रेष्ठको जोडीले २१–१७, २१–१६ जित हासिल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दमक वडा नं १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीले प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
सो क्रममा दमकको सबै भन्दा पुराना व्याडमिन्टन खेलाडी हस्तबहादुर बेघालाई अग्रज ब्याडमिन्टन खेलाडीको रुपमा सम्मान गरिएको थियो । त्यस्तैं, तिलुङ्छा चाम्लिङ राई वंशका ज्येष्ठ नागरिक पदम बहादुर राईलाई ज्येष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो ।
अध्यक्ष रनबहादुर राईको अध्यक्षतामा र प्रतियोगिता खेल संयोजक प्रकाश राईको उपस्थितिमा कार्यक्रम भएको थियो । सो प्रतियोगितमा दमक, गौरादह, उर्लाबारी, इटहरी, धरान, फिदिम, विर्तामोड, सुरुङगा, विराटनगर, गच्छ्या गरी जम्मा ४९ टिमको सहभागीता रहेको थियो ।
