बिर्तामोड, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) विर्तामोड ७ को वडा भेलाले ३५ सदस्य वडा कमिटी गठन गरेको छ।
सो कमिटीको अध्यक्ष अनिता पौडेल खत्री चयन हुनुभएको छ । त्यस्तैं, कमिटीको उपाध्यक्षहरु महानन्द भण्डारी, महेश मालपाडिया, गगा कार्की चयन हुनुभएको छ । सचिव उर्मिला खरेल, उपसचिव कल्पना भट्टराई चयन हुनुभएको छ ।
बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य पुस्प पोखरेलले केपी ओलीले पार्टी राजा ज्ञानेन्द्रलाई बुजाउन लागेपछि पार्टी बचाउन बिद्रोह गर्नु परेको बताउनुभयो ।
पार्टी प्रदेस कमिटी सदस्य बिमल उप्रेती र प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले बोल्नु भएको भेलाले महिला नेतृत्वलाई वडाको जिम्मेवारी दिएको छ । जुन कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिब र सहसचिबमा महिलालाई नै जिम्मेवारी प्रदान गरेको नगर सचिब कृष्ण बिस्टले जानकारी दिनु भयो ।
