काठमाडौँ, ८ फागुन–प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल गर्ने चर्चा छ । तर संसद् सचिवालयले शनिबारै साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन् ।
यस अघि गत शुक्रबार बसेको बैठकमा पनि एमसीसी पेश गर्ने भनिए पनि सत्ता गठबन्धनमा कुरा नमिल्दा टेबल हुन सकेन । आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।
सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन । सरकार फागुन १६ गतेभित्र एमसीसीलाई टुङ्गो लगाउनैपर्ने दबाबमा छ ।
