काठमाडौं, ८ फागुन–सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि भामुख अग्नि सापकोटाले नेपाली समाज धु्रवीकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसूचीमा राखेको बताएका छन् ।

सांसदहरु देव गुरुङ, भीम रावल र दुर्गा पौडेलले एमसीसी टेवल गर्न लागेकेमा आपत्ति जनाउदै जवाफ मागेपछि सभामुख सापकोटाले धु्रवीकरण रोक्न एमसीसी कार्यसूचीमा राखिएको बताएका हुन् ।

‘दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजीवि एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ’, सभामुख सापकोटाले भने, ‘सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिल गर्दछु । साथै कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *