काठमाडौं, ८ फागुन–नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलहरूबीच राष्ट्रिय सहमति नभई सदनमा एमसीसी पेश गर्ने कार्यसूची आएको भन्दै आपत्ति जनाएका छन् । उनले सदन अवरुद्ध भएको अवस्थामा एमसीसी पेश गर्ने कार्यसूची रहेको भन्दै त्यसमा ध्यानाकर्षण भएको बताए ।

‘सदन अवरुद्ध भएको अवस्थामा सदन चालु हुँदैन भन्ने मान्यता छ, यो लोकतान्त्रिक विधि र मान्यता पनि हो । कुनै पनि एजेण्डा र छलफल कार्यसूची प्रस्तुत गर्न पाइँदैन । गएको छ महिनादेखि धेरै विधेयकहरू पाइपलाइनमा छन्, कुनै पनि विधेयकमा छलफल भएको छैन,’ उनले भने ।

उनले एमसीसी सम्झौता संविधान र सन्धि ऐनसँग समेत मेल नखाने गरी एउटा आर्थिक सहयोग सम्झौता संसद्बाट अनुमोदन गराउन नमिल्ने बताए । ‘एमसीसीमा गम्भीर प्रकारका राष्ट्रियहित प्रतिकुत प्रावधानहरू छन्, यसमा संशोधन गर्नुपर्छ, अनिमात्रै प्रक्रिया अघि बढाउन सकिन्छ भनेर हाम्रो पार्टीको धारणा छ,’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *