काठमाडौं, ८ फागुन–पछिल्लो २४ घण्टामा देशभर २६२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । नौ हजार ८१५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभरबाट एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २४४ छ ।

पछिल्लो २४ घण्टामा चारजनाको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *