काठमाडौं, ८ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने कुरामा आफ्नो पार्टीको सहमति नरहेको बताएका छन्।
अध्यक्ष नेपालले सरकार अब जे पनि हुन सक्ने संकेत गरे। ‘एमसिसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन। अब सरकार जे हुन्छ हुन्छ,’ उनले भने।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र सांसदहरूको विरोधकाबीच आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता प्रतिनिधिसभामा पेस गरेका छन्।
