पाँचथर, ९ फागुन—प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश १ को नामांकन चाँडै हुने बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिम पुगेका उनले नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेतृत्वको सरकारले चार वर्षसम्म नटुंग्याएको नाम कांग्रेस सम्मिलित गठबन्धनको सरकारले टुंगाएर छोड्ने दाबी गरे । यद्यपि नामांकनमा एमालेको समर्थन भने अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रदेशको नामांकनका लागि सरकारले प्रदेश सांसदमा उपस्थित रहेका दलहरूसँग समन्वय गर्न उच्चस्तरीय कार्यदल गठन गरेको भन्दै उनले फागुन १० गतेदेखि सो समितिले दलहरूसँग संवाद थाल्ने पनि बताए ।

‘प्रदेश सांसदमा एमालेको बहुमत रहेकाले उसको सहयोगबिना प्रदेशको नामाकरण गर्न सजिलो छैनस त्यसैले उसको पनि सहमति लिएर नामको टुंगो लगााउँछौं‚’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *