गोविन ल्वागुन फाक्तेप (शिबसताक्षी), १० फागुन–झापाको शिवसताक्षी–७ फाक्तेपका ४४ वर्षीय क्यानसर पीडित लैनबहादुर खत्री (निर्मल) लाई उपचारमा सहयोग पु¥याउने उद्धेश्यले स्थानीयले अर्थिक संकलन शुरु गरेका छन् ।
गएको वैशाखमा आन्द्रामा क्यान्सर रोग लागेपछि काठमाण्डौस्थित टिचिङ हस्पिटलमा सफल अप्रेशन गरिएको थियो । डाक्टरको सल्लाह अनुसार उनको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा नियमित किमो थेरापीसंगै उपचार भइरहेको थियो । तर, आर्थिक अभावकै कारणले नियमित किमो थेरापी नगरेपछि विरामीको अवस्था जटिल बन्दै गएपछि स्थानीयले आर्थिक संकलन शुरु गरेका हुन ।
७ र १३ वर्षीय दुई सन्तानका पिता खत्रीको दैनिकी नै कस्टकर बन्दै गएकोले स्थानीय खड्कबहादुर चेम्जोङको संयोजकमा अर्थिक संकलन समिति गठन गरी धमाधम रकम संकलन शुरु गरिएको बताइएको छ ।
आर्थिक अवस्था कमजोर भएका उनको उपचारमा आफ्नो जायजेथा लगायत आफन्तसंग सरसापट गरेको करिब १० लाख बढी खर्च भएको श्रीमती मञ्जु खत्रीले बताइन् । क्यानसर रोगीले नेपाल सरकारबाट पाएको सुबिधा सबै उपभोग गरि सकेकोले अब सबै नेपाली सहयोगी मनहरुसंग हात फैल्याउनु बाहेक अन्य बिकल्प नभएको उनको भनाई छ ।
