काठमाडौं, ११ फागुन–पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । आठ हजार ६९३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभरबाट ९११ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनका सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *