काठमाडौं, ११ फागुन–कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भएको छ। शाहले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक गायिकाले किटानी जाहेरी दिएकी हुन्।

कलाकार शाहविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको जाहेरी दिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए। ‘शाहविरुद्ध आज मुद्दा दर्ता भएको छ,’ खड्काले भने, ‘अनुसन्धानसहित कानुनी प्रक्रिया अगाडि बढिसकेको छ।’

आफू नाबालिग रहेको अवस्थामा शाहले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। मुलुकी अपराध संहिताअनुसार मन्जुरीमा अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा पनि जबर्जस्ती करणी गरेको ठहर्ने व्यवस्था छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *