काठमाडौं, १२ फागुन–चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख चेङ झाउले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीबारे चासो राखेका छन् । उपप्रमुख झाउले भर्चुअल संवाद गरी नेपालसँग एमसीसीबारे चासो राखेका हुन् ।
संवादमा उनले नेपाली जनताले स्वतन्त्ररुपमा चाहेको विकास परियोजनामा लगानी गर्न चीन तयार रहेको बताएका थिए । यता नेकपा एसका अध्यक्ष नेपालले एक चिनियाँ नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र नेपालमा ‘एन्टी चाइना’ गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए ।
बुधबार मात्रै चीनको विदेश मन्त्रालयकी प्रवक्ताले एमसीसीलाई लिएर कडा टिप्पणी गरेकी थिइन् । उनले अमेरिकाले एमसीसीलाई ‘अल्टिमेटमसहितको कस्तो उपहार हो’ भन्दै आश्चर्य भएको बताएकी थिइन् ।
