दमक, १२ फागुन–झापाको दमक मोवाईल व्यवसायी संघले आफनो नवौ स्थापना दिवसका अवसरमा आज दमकमा आयोजना गरेको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ ।

स्थानीय गणतन्त्र चौंकमा आयोजित खुला रक्तदान कार्यक्रममा ६ महिलासहित ५० जनाले रगतदान गरेको कार्यक्रम संयोजक होमनाथ सापकोटाले बताएका छन् ।

रक्तदानमा संघका सचिव खेम सापकोटा, सहसचिव दिपेश दाहाल, दमक जेसीजका अध्यक्ष सन्जीव बराल, मोवाइल वितरक संघ प्रदेश १ का अध्यक्ष हरि उप्रेती, नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक समिति दमकका अध्यक्ष प्रितम भण्डारी, जीवन चक्र समाजका अध्यक्ष गणेश प्रसाद गौतम लगायतले रगतदान गरेका थिए ।

रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको संघका सहसचिव दाहालले जानकारी दिए ।

रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । संघले आफनो स्थापना दिवसमा विगत बर्षहरुदेखि खुला रक्तदान कार्यक्रमको आयोजना गरिआएको छ ।

संघका अध्यक्ष भेनस श्रेष्ठको अध्यक्षता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको उद्घाटनमा किवानीज क्लव अफ नेपालका यूथ को-अर्डिनेटर रवि केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, सुनचाँदी व्यवसायी संघका अध्यक्ष काशी खाँती, रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाई, गल्ला किराना व्यवसायी संघका अध्यक्ष कृष्णराज अधिकारी, हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरि, स्थापना दिवसकै अवसरमा भोलि शुक्रबार दमक ४ स्थित तारावारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको संघका सहसचिव समेत रहेका कार्यक्रम संयोजक दिपेश दाहालले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *