काठमाडौं, १२ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विपक्षमा मतदान गर्ने बताउनुभएको छ ।
सरकारले गत फागुन ८ गते एमसिसी छलफलका लागि संसदमा पेश गरिसकेको छ। एमसिसी पास गर्न संसदमा पेश गरे पनि सत्तारुढ दलहरू नै एमसिसीको विपक्षमा उभिएका छन्।
यथास्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी बिरुद्ध आन्दोलन गर्दै आएको छ।
त्यस्तै‚ सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसिसी नेपालको हितमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसिसी पास गर्न नुहने अडान राख्दै आएको छ।
