दमक, १२ फागुन–राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आज दमकमा एमसीसी बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) को बिपक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी दमक नगर कमिटीले प्रदर्शन गरेका हुन् ।
सो क्रममा नेकपा (माओवादी केन्द्र) सम्बद्ध बुद्धिजिवी परिषद प्रदेश १ की अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसका प्राध्यापक राधिका ओझा, एकीकृत समाजवादीसम्बद्ध अनेरास्ववीयू केन्द्रीय सदस्य तथा दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति रोशन भण्डारी, नेकपा (माओवादी केन्द्र) दमक नगर इन्चार्ज बेदु गौतम, एकीकृत समाजवादी जिल्ला सदस्य टीका प्रसाई लगायतले सम्बोधन गरेका थिए ।

प्रदर्शनको क्रममा बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानरसहित ‘एससीसी खारेज गरौं’, ‘गो ब्याक एससीसी’, ‘बैदेशिक हस्तक्षेप मुर्दाबाद’, ‘एससीसी चाहिदैन’, ‘राष्ट्रिय स्वाभिमान रक्षा गरौं’ लगायतका नाराहरु लगाएका थिए ।
सो कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) प्रदेश १ सदस्य तथा नेपाल प्रहरीका पूर्व एसएसपी भरतवाबु कार्की, एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरे, नेकपा (माओवादी केन्द्य्र) शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भण्डारी, कमल गाउँ अध्यक्ष रविन गुरुङ, राप्रपा दमकका नेता बिक्रम सुब्बा, माओवादी केन्द्रका युवा नेता अशिम राई, एकीकृत समाजवादीका युवा हरिकृष्ण पौडेल, प्रजव्ल भण्डारी, बिद्यार्थी नेता आयुशमान पोख्रेल, युनिश थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सहजिकरण नेकपा (माओवादी केन्द्र) दमक नगर अध्यक्ष रबि बस्नेतले गर्नुभएको थियो ।

