दमक, १२ फागुन–राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले संयुक्त रुपमा बिहिबार दमकमा सडकमै जनमत संग्रह गरेका छन । अमेरिकी सहयोग परियोजना (एमसीसी) को बिपक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी दमक नगर कमिटीले प्रदर्शन गरेका हुन् ।

दमकको गणतन्त्र चोकमा भेला भएका माओवादी केन्द्र र नेकपा एसका नेता, कार्यकर्ता तथा एमसीसी सम्झौताको विरोधमा उत्रिएका सर्वसाधारणहरुका बीचबाट सो सम्झौताको पक्ष र विपक्षमा मतदान गरेर जनमत संग्रह गरिएको थियो ।

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रवि बस्नेतका अनुसार सो जनमत संग्रहमा एमसीसीको पक्षमा २ मत र विपक्षमा ६१५ मत खसेको थियो ।

त्यस्तै, १९ मत बदर भएको थियो । उनीहरुले एमसीसी सम्झौता खारेजी गर्न माग गर्दै दमक चोक क्षेत्रमा एमसीसी बिरुद्ध बिरोध प्रदर्शन समेत गरेका छन् ।

सो क्रममा नेकपा (माओवादी केन्द्र) सम्बद्ध बुद्धिजिवी परिषद प्रदेश १ की अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसका प्राध्यापक राधिका ओझा, एकीकृत समाजवादीसम्बद्ध अनेरास्ववीयू केन्द्रीय सदस्य तथा दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति रोशन भण्डारी, नेकपा (माओवादी केन्द्र) दमक नगर इन्चार्ज बेदु गौतम, एकीकृत समाजवादी जिल्ला सदस्य टीका प्रसाई लगायतले सम्बोधन गरेका थिए ।

प्रदर्शनको क्रममा बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानरसहित ‘एससीसी खारेज गरौं’, ‘गो ब्याक एससीसी’, ‘बैदेशिक हस्तक्षेप मुर्दाबाद’, ‘एससीसी चाहिदैन’, ‘राष्ट्रिय स्वाभिमान रक्षा गरौं’ लगायतका नाराहरु लगाएका थिए ।

सो कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) प्रदेश १ सदस्य तथा नेपाल प्रहरीका पूर्व एसएसपी भरतवाबु कार्की, एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरे, नेकपा (माओवादी केन्द्य्र) शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भण्डारी, कमल गाउँ अध्यक्ष रविन गुरुङ, राप्रपा दमकका नेता बिक्रम सुब्बा, माओवादी केन्द्रका युवा नेता अशिम राई, एकीकृत समाजवादीका युवा हरिकृष्ण पौडेल, प्रजव्ल भण्डारी, बिद्यार्थी नेता आयुशमान पोख्रेल, युनिश थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सहजिकरण नेकपा (माओवादी केन्द्र) दमक नगर अध्यक्ष रबि बस्नेतले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *