दमक, १३ फागुन–झापाको दमकमा आज (शुक्रबार) एक कार्यक्रमबीच नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल दमक नगर कमिटी गठन गरिएको छ । दमकस्थित पार्टी कार्यालयमा आयोजित युवाहरुको वृहत भेलाले एकीकृत समाजवादी निकट युवा संघ नेपाल दमक नगर कमिटी गठन भएको युवा संघ नेपाल झापाका उपाध्यक्ष प्रवल भण्डारीले जानकारी दिनुभयो ।

सो भेलाद्धारा दमकमा युवा नेता दिपक भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय युवा संघ नेपाल दमक नगर कमिटी गठन भएको हो । सो कमिटीको उपाध्यक्षद्धयमा तुलता पौडेल र सावन ढकाल छन् भने सचिवमा चेतन दुलाल, सह-सचिवमा दिनेश गुरुङ र युवराज बिक, कोषाध्यक्षमा सुनिल निरौला चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा अतित थेबे लिम्बू, सनम राई, शिब राई, सकेश राई, प्रवेश भट्टराई, भुवन भट्टराई, सुजन खड्का, बिशाल खड्का, बिश्वास खड्का, बिज्ञान भट्टराई, प्रदिप कुमार राई, दिसोन लिम्बू, सुनिल थापा, दिनेश गुरुङ, सन्दिप बिश्वकर्म (सेते भाई), प्रकाश राई छन् ।

युवा संघ नेपाल झापाका अध्यक्ष सुुनिल थापको अध्यक्षता र केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज प्रत्युस रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो क्रममा नवगठित कमिटीलाई संघका केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य हरिकृष्ण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

सोही क्रममा नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरे, जिल्ला कमिटी सदस्य कमल कटुवाल, तीर्थ नेपाल, अनेरास्ववियू केन्द्रीय सदस्य न्यूसन लामिछाने, युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, नगर सदस्य चन्द्र थापा, अनेरास्ववियू झापाका सचिव युनिश थापा लगायतले नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई सफल कार्याकालको शुभकामना सहित बधाई ज्ञापन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *