अनिलदेब राई माइधार (शिबसताक्षी), १४ फागुन–प्रदेश १ का कृषि तथा पशुपक्षी मन्त्री झलकसिंह दर्लामीले शिबसताक्षी–१० दोमुखामा आगलागी भएको घटनास्थलको अवोलकन गर्नुका साथै पीडित परिवार र सरोकारवालाहरुसँग भेटघाट गर्नुभएको छ । पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल दोमुखामा हिजो (शुक्रबार) भिषण आगलागी भएको र सो क्रममा दुईवटा बच्नासमेत आगोले जल्नुका साथै चारवटा घर जलेर नष्ट भएको थियो ।

झापा क्षेत्र नं ४।१ का लागि नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित प्रदेश सभाका सदस्य समेत रहनुभएका मन्त्री दर्लामीले आज बिहान दोमुखास्थित घट्नास्थलमा पुगेर क्षतिको बिबरण लिनुभएको छ ।

सो क्रममा आगोलागीबाट पीडितहरुसँग छलफल गर्नुभएको छ । पीडितहरुलाई बस्न, खान र आगोमा परेर घाइते बच्नाको स्वास्थ्य अवस्था र उनीहरुको उपचारको ब्यवास्था लगायतका बारेमा समेत चासो राख्नुभएको छ ।

सो क्रममा दोमुखा पर्यटकीय बिकास संस्थाका अध्यक्ष धनप्रसाद लावती लिम्बूले आगोलागीबाट भएको क्षति, बिस्थापितको बिबरण, घाइतेहरुको अवस्था र उनीहरुलाई भइरहेको उपचार लगायतको बारेमा जानकारी गराउनुभएको थियो ।

विहीबार राती करिब १ बजेको समय दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट भएको छ । दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जयपलिया, हरि भण्डारीको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । दुई ओटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *