महाभारा (गौरिगञ्ज), १४ फागुन–झापाको गौरिगञ्ज गाउँपालिका वडा नं १ महाभारामा कृषि उपज बैंक (गोदाम घर) को आज एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ । प्रदेश १ का कृषि तथा पशुपंक्षी मन्त्री तथा नेकपा (माओावदी केन्द्र) का नेता झलकसिंह दर्लामीले कृषि उपज बैंकको समुदघाटन गर्नुभएको हो ।
साना किसान सहकारी संस्थाले रु १ करोड ४८ लाखको लागतमा कृषि उपज बैंकको भवन निर्माण गरेको हो । सो संस्थाका अध्यक्ष तिलकप्रसाद राजवंशीका अनुसार साना किसान सहकारी संंस्थाको ५० प्रतिशत र प्रदेश १ सरकारको ५० प्रतिशत लागतमा कृषि उपज बैंकको भवन निर्माण गरिएको हो । बैंक (भवन) मा ३५ हजार मन क्षमताको छ ।
भवन समुद्घाटन समारोहमा प्रदेश १ का कृषि तथा पशुपंक्षी मन्त्री दर्लामी, मन्त्रालयका निमित्त सचिव राजेन्द्र उप्रेती, झापा ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, गौरिगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंसि लगायतको उपस्थिति रहेको थियो ।
