केर्खा, १४ फागुन–न्याय, समानता र अधिकारका निम्ति आफ्नो जीवनको उर्जाशिल समय समाज र राष्ट्रका लागि खर्चेका झापा कमल गाउँपालिका वडा नं ३ केर्खा निवासी देउकुमार राईको वर्तमान अवस्था नाजुक बन्दै गाएको छ । कलेजो र मिगौलामा समस्या भएपछि घरैमा थलिएर बसिरहेका ५४ बर्षिय राईको थप उपचारमा आर्थिक समस्या भएको छ ।

उनी लामो समयदेखि ग्याष्टिकबाट पीडित हुन् । गत मंसिरबाट राईको हात–खुट्टा सुन्निनु थालेको हो । त्यसक्रममा उनले दमक र धरानमा उपचार गराए । उपचारको क्रममा केही सञ्चो भएपनि क्रमिक रुपलेपछि हात–खुट्टासँगै पेट पनि सुन्निनु थाल्यो, पीडित राईले भने ।

यतिवेला उनी घरैमा ओच्छ्यानमा थलिएका छन् । खाएको खाना राम्रोसँग पचाउन सकिरहेको छैन् । पानी पिउन समस्या छ, उनले भने । उनलाई ओच्छ्याउनमा सुताउन र उठाउन एक जनाको साहारा चाहिन्छ । उनका अनुसार शरिर सुन्निनु र पेट सुन्निनुको कारण श्वास–प्रश्वासमा केही असहज भएको जस्तो हुन्छ ।

उपचारको निम्ति नौ लाख बढी खर्च भइसकेको उनले बताए । एक छोरी र एक छोराको लालन-पालन र उनीहरुको पठन-पाठनमा आफ्नो कमाईको सम्पूर्ण लगानी गरिसकेका राईले थप उपचारमा जान चाहेर पनि खर्च जुटाउन सकिरहेका छैनन् ।

पीडित राईले भने–’डाक्टरसँग नियमित सम्पर्कम छु । डाक्टरका अनुसार यो समस्या सुरुवातको समय हो । थप उपचारको निम्ति राम्रै अस्पतालमा पुग्न सके यो समस्या चाडै ठीक हुन्छ । मैले आफ्नो सारा सम्पती उपचारको क्रममा खर्च गरिसके, आगामी उपचारको निम्ति खर्च जुटाउन नसक्ने अवस्थामा छु ।’

‘घरायसी स्रोत साधन मार्फत जुटाएको खर्च र आफन्तहरुबीच सरसापटी गरी ल्याएको खर्चले अहिलेसम्म उपचाररत छु’, उनले भने । कलेजो प्रत्यारोपणका निम्ति काठमाण्डौंको निदान अस्पतालमा २५ देखि ३० लाखसम्म खर्च हुने डाक्टरको सल्लाह छ ।

‘त्यति ठूलो खर्च कसरी जुटाउँ’, उनले सञ्चारकर्मीहरुसँग दुखेसो पोखे । उनले केहिसमय अझै बाच्न मन लागेको बताए । म मेरो समस्यामा मनकारी दाताहरुले सानो सानो सहयोगको आशा र उपेक्षा गर्दछु ।

ताप्लेजुङको फुङलिङस्थित फावाखोला जन्मिएका राई तत्कालिन नेकपा (एमाले) सम्बद्ध मजदुरहरुको छाता संगठन जिफन्टमा रहेर महत्वपूर्ण योगदान गरिसक्नुभएको छ । जिफन्टको केन्द्रीय नेतृत्वको जिम्मेवारीमा रहदैं काम गर्ने क्रममापछि नेकपा (माले) मा समेत मजदुर बिभागको नेतृत्वमा रहेर काम गरेका थिए ।

उनी नेकपा (एमाले), नेकपा (माले) हुदै पछिल्लो समय संघीय समाजवादी पार्टीमा समेत रहेर काम गरेका छन् । उनी संघीय समाजवादी पार्टीको झापाको संस्थापक हुन् । तर, पछिल्लो समय उनी राजनीनिक जीवनबाट बिश्राम लिएर नितान्तः पारिवारिक जीवनमा सक्रिय थिए ।

उनी दुई छोरा छोरी र श्रीमतीसहित केर्खास्थित मदन आश्रित बहुमुखी क्याम्पसबाट पुर्वतर्फ बोहोरा टोलमा बस्दै आएका छन् । जीवन यापनको निम्ति सुगुँर पालन र कुखुँरा पालन गर्दै आइरहेका राईले कृषि सहकारी संस्था मार्फत मल उत्पादनमा सक्रिय थिए ।

पीडित देउकुमार राईसम्म सम्पर्क नम्बर ९८१८२९५०४९

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *