काठमाडौं, १५ फागुन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्न तयार भएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले ‘व्याख्यात्मक घोषणा’ लाई समर्थन गर्दै एमसीसी पारित गर्ने निर्णय गरेको पार्टी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आएको थियो । सो पार्टीको बैठक अघि नै सत्ता गठबन्धनमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको थियो ।
