काठमाडौँ, १६ फागुन–नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् ।
सामापजक सञ्जालमा उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताएकी छन् ।
‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला । पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो’, एमसीसी संसदबाट पारित भएपछि उनले भनेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन । तर म एक देश भक्त नागरीक हुँ ।
यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु । र, मेरा प्रत्येक काम र प्रयासहरूको जवाफदेहिता मसंग हुनेछ ।’
