शिबगञ्ज, १६ फागुन–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयको प्रवेशद्वार नजिकै भाडाको घरमा रहेको शिबसताक्षी–६ को वडा कार्यालयले आजदेखि आफ्नै कार्यालय भवनबाट सेवा शुभारम्भ गरेको छ । वडा अध्यक्ष एबम् नेपाली कांग्रेसका नेता समेत रहनुभएका मनोज खुलाल कार्कीका अनुसार शिबगञ्ज–धौलीचौक सडक खण्डमा पर्ने सगरमाथा चौकमा नवनिर्मित वडा कार्यालयको भवनबाट सेवा शुभारम्भ गरिएको हो ।

वडा अध्यक्ष कार्कीले वडा कार्यालयको आफ्नै भवनबाट सेवा शुभारम्भ गरेको अवसर पारेर वडावासीहरुलाई खुशीयाली वाँडेका छन् । उनले निर्वाचनको समयमा वडावासी मतदाताहरुबीच आफुले गरेको बाँचा पुरा भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

निर्वाचनपछि वडा अध्यक्षको रुपमा निर्वाचित भएर वडा कार्यालय मार्फत गरेका महत्वपूर्ण र जनताप्रती उत्तदरदायीत्वमा रहेर रचनात्मक र सृजनात्मक कार्यहरु गरिआएको र अझै केही महत्वपूर्ण कार्यहरु पुरा गर्नुपर्ने बताए ।

वडाध्यक्ष कार्कीले वडा कार्यालयको आफ्नै भवनबाट सेवा सुचारु भएको अवसरमा वडाका बुद्धिजीवि, राजनीतिककर्मीहरु, सामाजिक संघसंस्था, शिक्षक, विद्यार्थी, उद्यमी, व्गयसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी र सम्पूर्ण वडावासीहरुप्रति धन्यवाद ब्यक्त गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *