झापा, १८ फागुन–बिर्तामोड नगरपालकाले बिर्तामोड नगरका १ लाख १० हजार ३ सय ५५ जनालाई हात्तीपाइले रोग नियन्त्रण विरुद्वको औषधी खुवाउने भएको छ । नगरपालिकको स्वास्थ्य शाखाले फागुन २८ गतेदेखि सुरु हुने हात्तीपाइले रोग विरुद्वको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि मंगलबार आयाजना गरेको नगर स्तरीय कार्यक्रममा सोको जानकारी दिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले अभियानको तयारी, औषधी खाँदा र ख्वाउँदाका विषयमा ध्यानदिनु पर्ने कुरा, अभियानको व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।

यसैगरी कार्यक्रमका स्वस्थ्य शाखाका फोकल पर्सन दीपक सापकोटाले बिर्तामोड नगर क्षेत्रभित्रका १ लाख १० हजार ३ सय ५५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधी ख्वाउने तयारी रहेको बताए । उनले बिर्तामोडमा भाडामा बस्नेहरुको संख्यापनि धेरै रहेकाले उनीहरुलाई पनि औषधी ख्वाउनबाट बन्चित नगरिने बताए । यस अभियानका लागि बिर्तामोडमा ५५५ जना स्वास्थ्यकर्मी र ३७५ स्वयमसेवक गरि ९३० जना खटाइने जनाइएको छ । यसको लागि उनीहरुलाई तालिम प्रदान गर्ने काम भईरहेको छ ।

हात्तीपाइले रोग विरुद्वको औषधी २ वर्षभन्दा मुनिका बालबालिका, सिकिस्त बिरामी, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी बाहेकले निर्धक्क सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । फागुन २८ गतेदेखि शुरु हुने यो अभियान औषधी ख्वाइ नसकुञ्जेलसम्म लगातार सञ्चालन हुने छ । गएको वर्ष यस अभियानमा बिर्तामोडले ८७ प्रतिशत र स्वास्थ्य कार्यालय झापाले ८५ प्रतिशत प्रगति हासिल गरेको थियो ।

नगरकी उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोडका २ नम्बर अध्यक्ष नगेन्द्र संग्रौला, वडा नम्बर ९ की अध्यक्ष पवित्रा पाठक, स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई, स्वास्थ्य शाखा बिर्तामोडका प्रमुख राजिव विष्ट, कार्यपालिका सदस्य भगिरथा आचार्य, न्यायिक समिति सदस्य यामुना आचार्य, बिर्तामोड नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्य चौकी तथा नगर अस्पतालका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *