शिबगन्ज (शिबसताक्षी), १९ फागुन–दक्षिणी झापाको शिबगञ्जमा बुधबार सम्पन्न शिबसताक्षी उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको अध्यक्षसहित मुख्य पदाधिकारी पदको मत परिणाम आएको छ । मत परिणाम अनुसार अध्यक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका साझा उम्मेद्वार दुधेस्थित काफले खाद्यय स्ट्रोरका सञ्चालक यमनाथ काफले बिजयी भएका छन् ।

काफ्लेले नेकपा (एमाले) सहित केही राजनीति दलका तर्फबाट साझा उम्मेद्वार रामनरेश शर्मालाई हराउदै शिबसताक्षी उद्योग बाणिज्य संघको अध्यक्षमा बिजयी भएका शिबसताक्षी–६ का वडाअध्यक्ष एबम् कांग्रेस नेता मनोज खुलाल कार्कीले जानकारी दिएका छन् ।

गठबन्धन तर्फका उम्मेद्वार याम काफ्लेले ५८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेतर्फका उम्मेद्वार रामनरेश शर्माले ५७८ मत प्राप्त गरेका उद्योग बाणिज्य संघका अध्यक्ष भोला प्रसाद मैनालीले जानकारी दिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गठबन्धन तर्फका नरेशकुमार मिश्र विजयी भएका छन् । उनले ५७४ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार कमलप्रसाद तामाङ्गले ५६३ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा ६१५ प्राप्त गरी विष्णुप्रसाद प्रसाई विजेता भएका छन् । सोही पदका अर्का उम्मेद्वार सुवोकुमार शाहले ५१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा गठबन्धन तर्फका कृष्णप्रसाद खरेल विजयी भएका छन् । खरेलले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मन्दिरा देवी प्रसाईले ४६३ मत प्राप्त गरेकी छिन् । महासचिवमा टंक प्रसाद मैनाली विजयी भएका छन् । गठबन्धन तर्फका उम्मेद्वार मैनालीले ५९६ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार टंकप्रसाद सिटौलालले ५३४ मत प्राप्त गरेका छन् । त्यसैगरी उद्योग सचिव पदमा ५५४ मत प्राप्त गरी बेदप्रसाद थपलिया विजयी भएका छन् । सोही पदका अर्का उम्मेद्वारल योगेश्वर बरालले ५३१ मत प्राप्त गरेका छन् ।

बाणिज्य सचिवमा मेनुकादेवी बास्तोलालाई ७ मतले पछि पार्दै भोजराज ढकाल विजयी भएका छन् । ढकालले ५५७ मत प्राप्त गरे भने कोइरालाले ५५० मत प्राप्त गरेकी छिन् । त्यसैगरी कोषाध्यक्षमा विष्णु कुमारी चौलागाई विजयी भएकी छिन् ।

चौलागाईले ५९८ मत प्राप्त गरेकी छिन् भने सोही पदकी अर्की उम्मेद्वार खनिमाया श्रेष्ठले ५२२ मत प्राप्त गरेकी छन् । सदस्य पदका उम्मेद्वारको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ । १२६० मतदाता भएको शिवसताक्षी उद्योग वाणिज्य संघमा १२०९ मत खसेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *