झापा, १९ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते गृह जिल्ला झापा आउदैछन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार उनी बिर्तामोड, अर्जुनधारा र कमलमा विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

भद्रपुर विमानस्थलबाट ओलि साढे ८ मा सालबारी सहिद पार्कमा शालिकमा माल्यार्पण र संक्षिप्त कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि दमकमा खाना खाएर एसियाली विकास बैंकको सहयोगमा रतुवा मावा नदि नियन्त्रण कार्यको कमल ६ मा शिलान्यास गरेर उनी बिर्तामोडमा प्रेस चौतारीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने छन् ।

लगत्तै खेलकुद महासंघको प्रदेश स्तरीय कार्यक्रममा सहभागी भएर ओलिले झापा गोल्डकपको समेत उद्घाटन गर्ने ढुङ्गेलले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *