धरमपुर, २० फागुन–नेकपा (माओवादी केन्द्र) सम्बद्ध एकिकृत अखिल नेपाल शिक्षक संगठन शिबसताक्षी नगर कमिटीको शुक्रबार दुधेमा सम्पन्न दोस्रो नगर परिसद भेलाले पुर्नः बिष्णु भट्टराईलाई अध्यक्ष्ँमा अध्यक्षमा सर्वसम्मत चुनेको छ ।
सो कमिटीको उपाध्यक्षत्रयमा उर्मिला दाहाल, दधी गणेश र खगेन्द्र घिमिरेलाई चुनेको छ भने सचिवमा योगेन्द्र अधिकारी, सहसचिवमा पुर्णसिंह राजवंशी, अर्थसचिवमा तारादेबि बास्तोला चुनिएका छन् ।
त्यस्तैं, कमिटीको सदस्यहरुमा ज्ञानेन्द्र चापागाईं, युबराज आङ्देम्बे, दलबहादुर नेउपाने, मोहन लिम्बू, राधादेबि गौतम, चिन्तामणि दुलाल, गणेश चौलागाईं, खगेन्द्र लम्जेल, कालु मर्डी, खुब बहादुर राई छन् । कमिटीको सदस्यहरुमा आगामी बैठकद्धारा थप गर्ने छ ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराईले बिध्यालयलाई नमूना बनाउन जोड दिदै आबस्यक जनशक्ति र स्रमचाना निर्माण गर्ने सहयोग गर्ने प्रतिबद्धता पेश गरे ।
कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन १ नम्बर प्रदेश उपाध्यक्ष लोकनाथ गजुरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महेन्द्र भट्टराई, माओवादी केन्द्र १ नम्बर प्रदेश सल्लाहकार सदस्य टेकनाथ सिवाकोटी, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष कपिल तिमिल्सिना, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्यहरु राम प्रसाद मन्डल, लक्ष्मण मर्डी, गणेश चौलागाईं, खगेन्द्र लम्जेल लगायतको उपस्थिति रहेको थियो ।
बिष्णु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन योगेन्द्र अधिकारी र स्वागत खगेन्द्र घिमिरेले गर्नु भएको थियो ।
