धरमपुर, २० फागुन–झापाको शिबसताक्षी-२ धरमपुर मंगलबारेका पूर्व फुटबल खेलाडी तथा नेकपा (एमाले) का युवा नेता अरुण चेम्जोङ आज सम्पन्न शिबसताक्षी नगर स्तरीय भेलाबाट नेपाल खेलकुद महासंघ नगर समितिको अध्यक्षमा सर्वसम्मत चुनिएका छन् ।

लामो समय स्थानीय फुटबलको बिकास र प्रवर्दनमा लागिपरेका युवा नेता चेम्जोङ शिबसताक्षी नगर स्तरीय खेलकुद विकास समितिका बोर्ड सदस्य समेत हुन् । उनी पछिल्लो समय खेलकुद सम्बद्ध संघसंस्थामा सक्रिय रहदैं निर्माण व्यवसायमा कार्यरत छन् ।

नेपाल खेलकुद महासंघको शिबसताक्षी नगर समितिको पहिलो भेलाले चेम्जोङको अध्यक्षतामा ६५ सदस्यीय नेपाल खेलकुद महासंघ नगर समिति गठन गरेको छ ।

सो समितिको उपाध्यक्षद्धयमा प्रवेश दाहाल र बिजय घिमिरे सर्वसम्मत चुनिएका छन् । त्यस्तैं, समितिको सचिबमा डम्बर लिम्बु र जैसन बडाथोकी, सह सचिबमा राजन मेन्याङ्बो र नरेश राजवंशी छन् भने कोषाध्यक्षमा प्रतिक्ष्या भन्डारी, सह-कोषादक्ष्यमा खयामराज सिक्देल छन् ।

सो कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुरज रिङगालुङ राई, भीम लिवाङ, नेकपा (एमाले) शिबसताक्षी नगर अध्यक्ष रोशन थोप्रा, नगर इन्चार्ज धनबहादुर थेबे लगायतका नेताहरुको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *