दमक, २१ फागुन–नेपाल-भारत मैत्री संघ उपशाखा दमकको नयाँ नेतृत्व चयन भएको छ । आज विहान संघको सम्पन्न बार्षिक साधारणसभाले मुकुन्द उप्रेतीलाई सभापतिमा चयन गरेको छ ।
सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको उपसभापतिमा दिनेश अग्रवाल, सचिवमा भगवान बस्नेत, सहसचिवमा सन्जिब बराल र कोषाध्यक्ष रुद्र गौतम चुनिएका छन् ।
यस्तै, सदस्यहरुमा रमेश अधिकारी,गोपाल गुरागाई, चन्द्र खत्री, बिमल शर्मा, घनश्याम खनाल, मुकेश अग्रवाल र ज्योति प्रसाईं चुनिएका छन् ।
संघका निवर्तमान अध्यक्ष राजेन्द्र अग्रवाल (राजु) को अध्यक्षतामा भएको बार्षिक साधारणसभामा संघको आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गरिएको थियो ।
