झिलझिले, २१ फागुन–झापाको शिबसताक्षीमा शनिबारबाट दुई दिने खोज पत्रकारिता तालिम सुरु भएको छ । सतासी साप्ताहिकको आयोजनामा शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा दुई दिने खोज पत्रकारिता तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन प्रदेश १ का कृषि तथा पशुपंक्षी बिकास मन्त्री समेत रहनुभएका झापा क्षेत्र नं ४।१ का लागि नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्य झलकबहादुर दर्लामीले गर्नुभएको छ । सो क्रममा मन्त्री दर्लामीले श्रम, सीप र अर्थतन्त्रमा कृषि क्षेत्रको विकास हुन आवश्यक रहेको बताउनुभयो । वहाँले रोजगारीको सृजना र उत्पादनमा बृद्धि गर्न कृर्षि यान्त्रिक उपकरणमा बिशेष खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सतासी साप्ताहिक पत्रिकाको आयोजनामा सुरु भएको तालिममा ३५ जना स्थानीय युवाहरुको सहभागिता छ । सो तालिमलाई आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष एबम् अग्रज पत्रकार दिपिन राईले सहजिकरण गर्नुभएको छ ।
तालिमको उद्घाटनको अवसरमा शिबसताक्षी–७ का वडाध्यक्ष एबम् नगर प्रवत्ता नबिन इजम, नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेस नगर उपसभापति सन्त फेउवादेन लिम्बू, राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिकक विद्यालयका प्रअ कालीप्रसाद रिजाल, भानु माध्यमिक विद्यालयका प्रअ डामकुमार कुँवर, सताक्षीधाम मन्दिर समितिका अध्यक्ष प्रसाद सुब्बा लगायतले मन्तब्य राख्नुभएको थियो ।
सोही अवसरमा तालिमका प्रशिक्षक एबम् अग्रज पत्रकार दिपिन राई मन्तब्य राख्नुभएको थियो भने गजलकार बिबश बलिभद्र कोइरालाले रचना गर्नुभएको थियो ।
छबिलाल डवाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागिहरुलाई पत्रिकाका कार्यकारी सम्पादक कृष्णचन्द्र सेलिङले स्वागत मन्तव्य र प्रमुख अतिथि एबम् कृर्षि मन्त्री दर्लामीलाई सम्मानपत्रको बाचन सतासी साप्ताहिकका कार्यकारी सम्पादक एबम् समाजवादी पत्रकार संगठन झापाका सहसचिव गोविन ल्वागुनले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रिकाका प्रधानसम्पाद एबम् नेकपा (माओवादी केन्द्र) का नेता प्रेम याम्फु राई, दर्लामीका प्रमुख स्वकीय सचिव दधिराम रिमाल, स्वकीय सचिव दुर्गा नेम्बाङ, संघीय लिम्बूवान पार्टीका नगर अध्यक्ष बिचारी लावती, जनता समाजवादी पार्टीका नेता बिराट किराँती राई लगायतको उपस्थिति थियो । प्रदेश सरकार अन्तगर्त क्षेत्र नं ४/१ का सांसद विकास कोष मार्फत रु १ लाखको सहयोग रहेको थियो ।
