झिलझिले, २१ फागुन–प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तगर्त झापाको गौरिगञ्ज–२ कोरोबारीका कृषकहरुलाई ट्याक्ट्रर तथा कृषि सामाग्रीहरु हस्तान्त्रण गरिएको छ । गाउँ जागरण कृषि सहकारी संस्थाद्धारा १ सय ५० हेक्ट्रर जमिनमा मकै खेती गरिरहेका कोरोबारीका कृषकहरुलाई कृषि ज्ञान केन्द्र कार्यलय झापा मार्फत आज १ थान ट्याक्ट्रर, १ थान पम्प सेट, ३४ थान पानी सिचाईका लागि पानी तान्ने मोटर सेट र ६ थान स्प्रे मेशिन सहित बीउ बिजनहरु हस्तान्त्रण गरिएको हो ।
सो सामाग्रीहरु प्रदेश १ कृर्षि तथा पशुपंक्षी बिकास मन्त्री समेत रहनुभएका झापा क्षेत्र नं ४/१ का प्रदेशसभा सदस्य झलकसिहं दर्लामी मगरले हस्तान्त्रण गर्नुभएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमलसिंहका अनुसार गौरिगञ्ज, गौरादह र कमल गाउँपालिकामा यसवर्ष मकै ब्लक कार्यक्रम सञ्चालन गरिएको हो ।
गौरिगञ्ज–२ कोरोबारीमा मकै ब्लक अन्तगर्त अनुदानतर्फ रु २५००,००० र जनसहभागितातर्फ रु ११९९१७५ गरी जम्मा रु ३६९९१७५ को लगानीमा सो सामाग्रीहरु बितरण गरिएको हो ।
गाउँ जागरण कृषि सहकारी संस्थाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा सो सामाग्रीहरु बितरण कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि मन्त्री दर्लामीले कृषि क्षेत्रमा तिनै तहको सरकारले नीतिगत कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा गौरिगञ्ज गाउँ प्रमुख बाबुराजा श्रेष्ठ, कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमलसिंह, बालि बिकास अधिकृत एजिना खड्का, कार्यालयका प्रशासन प्रमुख गणेश बुडाथोकी, मन्त्री दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङ, समाजवादी पत्रकार संगठन झापाका सहसचिव गोविन ल्वागुन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गाउँ जागरण कृषि सहकारी संस्थाका सचिव शिबनारायण राजवंशीले गर्नुभएको थियो भने संस्थाका सदस्य तथा गौरिगञ्ज २ का वडा सदस्य अरुण राजवंशीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
