झिलझिले, २१ फागुन–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज पूर्वको प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा आज पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले दमक शाखा अन्तगर्त आज नयाँ–पुराना अभिकर्ताहरुसहित शुभेच्छुक ब्याक्ति र कर्मचारीहरुबीच जमघट गर्ने उदेश्यले पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।

सधैको बर्ष जस्तैं कम्पनीको दमक शाखा मार्फत अभिकर्ताहरु र कर्मचारीहरुबीच परिच्यातत्मक भेटघाट, अन्तरक्रियात्मक छलफल, र कम्पनीको आगामी योजना र कार्यक्रम जानकारी गराउन बनभोज कार्यक्रम आयोजना गरिएको कम्पनीका दमक शाखा प्रमुख सुमन थुलुङ राईले जानकारी दिनुभयो ।

सो क्रममा मनोरञ्जनात्मक विभिन्न खेलहरु गरिनुका साथै गीत, नृत्य र प्रहसनहरु प्रस्तुत गरिएको कम्पनीका दमक शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *