संखुवासभा, २६ फागुन–संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ।
मादी नगरपालिका ६ सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको परेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।
बसमा कति जना सवार थिए भन्नेबारे अझै एकिन भइनसकेको र उद्धार जारी रहेको खतिवडाको भनाइ छ।
उनले भने, ७ जनाको शव निकालिएको छ। ठूलो भीर हुनाले उद्धार जारी छ, र मृतकको संख्या बढ्न सक्छ।’
बस सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ।
