काठमाडौँ, २६ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए ।
‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो रु तपाईंहरूलाई थाहै छ,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।’
प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको बताए । ‘विशेषगरी हाम्रो पार्टीको उदेश्य भनेकै नेपालमा प्रजातन्त्र र लोकतन्त्रलाई स्थायी गराउने हो । सबै जनताको अधिकारहरूलाई ग्यारेण्टी गर्ने हाम्रो उदेश्य हो ।
यो उद्देश्यमा गठबन्धनका सबै साथीहरूले स्वीकार गरेर म प्रधामनन्त्री भएको हुँ,’ उनले भने, ‘यो गठबन्धन सरकारकै उपलब्धि हो ।’
